काठमाडौं। सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता ऐनको संशोधन विधेयक प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री वालकृष्ण खाँडले नागरिकता ऐनको संशोधन विधेयक प्रस्तुत गर्नुभएको हो ।
प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता बिधेयक फिर्ता लिएर सरकारले नयाँ बिधेयक प्रतिनिसभा बैठकमा प्रस्तुत गरेको हो । सो बिधेयक पारित भए लगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन ।