गभर्नर अधिकारीको क्रियाकलापप्रति लगानीकर्ताको विरोध

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको क्रियाकलापप्रति लगानीकर्ताहरूले विरोध जनाएका छन् । गभर्नर अधिकारीले सरकारको गोप्य सूचना चुहाउनेदेखि सरकारलाई असफल बनाउनेसम्मको क्रियाकलाप गरिरहेको भन्दै उनीहरूले यसप्रति असन्तुष्टि जनाएका हुन्। उनीहरूले गभर्नरको राजीनामाको मागसमेत गरेका छन् ।

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले गभर्नरको राजीनामाको माग गरी आज माइतीघरमा प्रदर्शन गर्ने लागिएको बताए ।
गत बुधवार पनि लगानीकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए । यस्तै, बुधवारको संसद बैठकमा समेत गभर्नरले दिएको अभिव्यक्तिप्रति सांसद मीनबहादुर विश्वकर्माले आपत्ति जनाएका थिए । केही दिनअघि गभर्नर अधिकारीले नेपाल श्रीलंकाको बाटोतर्फ गइरहेको अभिव्यक्ति दिएका थिए। नेपालको अर्थतन्त्र श्रीलंकाजस्तै टाँट पल्टिने अवस्थामा पुग्न लागेको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *