चौबिस घण्टामा काठमाडौंमा थपिए १६४ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा १६४ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा १३७, भक्तपुरमा ४ र ललितपुरमा २३ जना संक्रमित थपिएका हुन् । यो सँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ८३१ पुगेको छ ।

देशभरका आज देशभर रहेका एकहजार १७१ जना सक्रिय संक्रमितमध्ये एकहजार १४८ जना होम आइसोलेसनमा र २३ जना संस्थागत आइसोलेसन छन् । अस्पतालमा रहेकामध्ये १४ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *