आज थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७ सय ९८ नमुनाको पीसीआर परीक्षण गर्दा २८ र १२ सय ६३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९ गरी ३७ जनामा सङ्क्रमण देखिएको हो ।

२४ घण्टामा ३८२ जना डिस्चार्ज भएका छन् । विगत केही दिनयता कोरोनाले मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ । अहिले देशभर ३२ सय ४१ जना सक्रिय सङ्क्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us