काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको एक मन्त्रीले बताए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । गठबन्धन बैठक सकिनेबित्तिकै बालुवाटारमै मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोग र यसका पदाधिकारीहरुको म्याद थपबारे निर्णय लिने स्रोतको भनाइ छ । यी दुवै आयोगका पदाधिकारीको कार्यकाल असार मसान्तमा सकिँदैछ ।