काठमाडौं। प्रतिनिधि सभाबाट नेपाल नागरिकता (पहिलो संशोधन विधेयक) २०७९ पारित भएको छ। सो विधेयक बुधबार गृहमन्त्री बालकृष्ण खाडले सदनमा प्रस्तुत गर्नुभएको थियो।
सो विधेयकमाथि बिहीबार र शुक्रबार दफावार छलफल भएको थियो। आज दफावार छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले पारित भएको घोषणा गर्नुभएको हो । पहिले नै संसदमा टेबुल भएको नागरिकता विधेयक मन्त्रिपरिषद बैठकले फिर्ता लिएर पुनस् संसदमा टेबुल भएको थियो।