प्रतिबन्धित क्रिप्टोकरेन्सीको विज्ञापन सामाजिक सञ्जालमा प्रकाशित भएपछि अभिनेत्री प्रियंकासँग सोधपुछ

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको तस्बिर प्रयोग गरेर नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको विज्ञापन सामाजिक सञ्जालमा प्रकाशित भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनीसँग सोधपुछ गरिरहेको छ । सीआईबीले अभिनेत्री कार्कीलाई कार्यालयमा नै बोलाएर आइतबार सोधपुछ गरेको हो । विज्ञापनमा उनको तस्बिर दुरुपयोग भएको हो या होइन भन्ने बुझ्न कार्कीसँग सोधपुक्षका लागि बोलाएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले बताए ।
सामाजिक सञ्जालमा प्रकाशित विज्ञापनमा उहाँको तस्बिर प्रयोग भएको देखियो । कतिपय ठाउँमा सेलिब्रेटीका तस्बिर दुरुपयोग पनि भएको हुन्छ । कतिपय ठाउँमा उहाँहरुले दिनुभएको पनि हुन्छ । नेपालमा क्रिप्टोकरेन्सी अवैध हो । यदि उहाँसँग अनुमति लिएर सो विज्ञापन गरिएको हो भने त्यो कानुनसम्मत भएन, उनले भने, अवैध भएको कुरालाई प्रमोसन गर्न पाइएन । के भएको हो रु भनेर कुरा बुझ्न उहाँलाई बोलाएको हो । उहाँ सोधपुक्षकै क्रममा हुनुहुन्छ ।

यस विषयमा अभिनेत्री कार्कीले आफ्नो औपचारिक धारणा भने सार्वजनिक गरेकी छैनन् । उनीसँग प्रतिक्रिया लिन गरिएको सम्पर्क प्रयास पनि सफल हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us