बलात्कारको आरोपमा दुई बालक पक्राउ

काठमाडौं। बाराको आदर्श कोतवाल गाउँपालिका १ स्थित आफ्नै गोठघरमा सुतिरहेकी ५६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजना बालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १५ वर्षीय र १७ वर्षीय किशोर छन् ।

२५ असारमा गोठघरमा एक्लै सुतिरहेकी महिलामाथि दुवैले बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जबरजस्ती करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी निगरानी कक्षमा राखिएको बारा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us