वैदेशिक रोजगार बोर्डको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत

काठमाडौं । वैदेशिक रोजगार बोर्डको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम स्वीकृत भएको छ । विहीबार श्रम मन्त्रालयमा बसेको बोर्डको ७४ औं नियमित बैठकले आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एंव बोर्डका अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले आगामि आर्थिक वर्ष २०७९/०८० का लागि बोर्डको कल्याणकारी कोषको स्रोत परिचालन हुनेगरी १ अर्ब ५८ करोड १६ लाखको बजेट स्वीकृत गरेको छ । बोर्डले विशेषगरी ९ वटा कार्यक्रमका लागि बजेट विनियोज गरेको छ ।

बोर्डले अनलाइन प्रणालीबाट प्रवाह गरिने आर्थिक सहायता वितरण कार्यक्रम, अलपत्र कामदारहरूको उद्वार तथा राहत कार्यक्रम, निशुल्क सीप तालिम, सुरक्षित, मर्यादित एवं लाभदायी वैदेशिक रोजगार सम्वन्धी अभिमुखीकरण, सुरक्षित, मर्यादित एवं लाभदायी वैदेशिक रोजगारी सम्वन्धी सूचना तथा परामर्श, पुनः एकीकरण कार्यक्रम, नेपाली श्रमिकहरुको सामाजिक तथा स्वास्थ्य सुरक्षा कार्यक्रम, प्रशिक्षण, अध्ययन तथा अनुसन्धान र सरोकारवालाहरुसँगको सहकार्य र संस्थागत क्षमता अभिवृद्धी गरी ९ वटा कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले यो विषयमा विस्तृत जानकारी केही दिनमा बोर्डको वेबसाइटबाट सार्वजनिक गर्ने बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us