काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकतामा आउन कम्युनिस्टहरुलाई अपिल गरेका छन्। काठमाडौंमा आयोजित नेपाल–चीन हिमालयमैत्री समाजको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सच्चा वामपन्थीहरु कांग्रेस नेतृत्वको गठबन्धन छोडेर वाम एकतामा आउनुपर्ने र मिलेर सरकार बनाउनुपर्नेमा जोड दिएका हुन्।
ओलीले आफूहरु कांग्रेसविरोधी नभएको र देश, लोकतन्त्र, कानुनी राजको पक्षमा उभिने वाम सरकार बनाउन चाहेको बताए। ‘निष्पक्ष चुनाव गर्ने सरकार बनाउ। वामपन्थी कोही हुनुहुन्छ भने आउनुस्। रातो सेतो बर्को ओढ्ने बेग्लै कुरा हो। बर्को छोडौं। असली रुपमा आउ। वामपन्थी हुनुहुन्छ भने आउनुस्। राष्ट्रिय राजनीतिमा सहमतिका साथ जाउ,’ उनले भने।
उनले चौँरीको पुच्छरजस्तो कांग्रेसको पछि लाग्ने पनि वामपन्थी हुन्छरु भन्दै प्रश्न गरेका थिए। कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम एकता र तालमेलका लागि आग्रह गरेपछि ओलीले जवाफमा भने, ‘यदि सच्चा वामपन्थी हुनुहुन्छ भने कांग्रेसका पछाडि नलाग्नुस्, गठबन्धनका पछाडि नलाग्नुस्। एसपीपी नगर्नुस्। वामपन्थी एकतामा आउन आह्वान गर्छु।’
कांग्रेसको नेतृत्वमा सरकार बनाउन अदालत जानेहरु वामपन्थी हुन भन्दै उनले प्रश्न दोहोर्याए। ‘सधै कांग्रेसको पुच्छर भएर हुँदैन। खोइ कम्युनिस्ट पार्टीरु कम्युनिस्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन अदालत गएको होइनरु संसदबाट सकिएन परमादेशबाट सरकार बनाइ पाउ भनेर जानेहरु वामपन्थी हुन्रु कोही वामपन्थी हुनुहुन्छ भने आउनुस्। गल्ती भइहाल्यो ल छोडौं। वामपन्थी हुनुहुन्छ भने आउनुस्। एमालेसँग मिलेर जाउ,’ उनले अपिल गरे।