अनुत्तरित !

मदन दुलाल

एउटा आभासहीन अस्तित्व
उद्देश्यहीन—- अर्थहीन
निरन्तर ….निरन्तर हिंडिरहे
कहां पुग्छ होला ? कहां…?
जंगलको विचित्र भीषण वातावरणमा या
उदासीनता र निस्पृहताको पराकाष्ठामा?
या,
एउटा मुर्दातुल्य शान्तिको मार्गमा
या,
असमान्य मानसिक महाशून्यतातिर
या अझ भनौं निश्क्रिय दुर्बलतातिर?
कहां पुग्छ
……..कहां?
एउटा आभासहीन अस्तित्व
उद्देश्यहीन—- अर्थहीन
निरन्तर ….निरन्तर हिंडिरहे
कहां पुग्छ होला ? कहां…?
पोल्नलाई घाट लांदै गरेको मसानको फुंग उडेको उदासी चेहरामा रंगिएको रिक्त रिक्तता तिर या
या
मृत्यु— जोआफैंमा आकर्षित छ [ त्यता तिर]
…… कहां ….. पुग्छ होला?
एउटा आभासहीन अस्तित्व
उद्देश्यहीन—- अर्थहीन
निरन्तर ….निरन्तर हिंडिरहे ?
[ एउटा प्रश्न उदासीको वैशाखी टेकेर उभिंदो छ]

उत्तर? …… अनुत्तरित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us