काठमाडौं। लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवा निःशुल्क हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत आकस्मिक र बहिरंग सेवाको टिकट तथा शैयाबापत शुल्क नलाग्ने व्यवस्था गरेको हो ।प्रदेश सरकारले ओपिडीको टिकट र बेड निःशल्क गर्न चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
शुल्क नलाग्ने व्यवस्था गरेपछि आजबाट उपचारमा आउनेलाई यी शीर्षकमा शुल्क तिर्नुनपर्ने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा इन्द्र ढकालले जानकारी दिनुभयो । लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी (बहिरंग) सेवा र इमर्जेन्सी (आकस्मिक सेवा) को टिकट तथा बेडमा उपचार गर्न आउनेलाई कुनै पनि शुल्क नलाग्ने उहाँले बताउनुभयो ।