वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै १५० सिसि माथिका मोटरसाइकल आयातमा रोक

काठमाडौं। सरकारले १५० सिसि माथिका सबै मोटरसाइकल आयातमा रोक लगाएको छ। सरकारले वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै भदौ १४ सम्मकोलागि १५० सीसीमाथिका मोटरसाइकलमा समेत प्रतिबन्ध लगाएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७९ साउन १ गतेभन्दा अगाडि बैकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेका १५० देखि २५० सीसीसम्मका मोटरसाइकल भने आयात गर्न पाइने छ।

यसअघि सरकारले गत बैशाखमा राजपत्रमा सूचना प्रकाशित गर्दै २५० सिसिसम्मका मोटरसाइकल आयात खुल्ला गरेको थियो। तर अहिले १५० सिसिसम्मका मोटरसाइकल मात्रै नेपाल भित्रिन पाउने भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us