माओवादी अध्यक्ष दाहाल आज नेपाल फर्कने

काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पूर्वनिर्धारित कार्यक्रम अनुसार आजै स्वदेश फर्कनुहुनेछ । अध्यक्ष दाहालले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुनेछ । उहाँले आजै भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

भाजपा अध्यक्ष नाड्डाको निमन्त्रणामा दिल्ली पुग्नुभएका दाहालले सो अवसरमा भाजपा मुख्यालयको अवलोकनसमेत गर्नुहुनेछ । गत शुक्रबार दिल्ली पुग्नुभएका दाहालले भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग भेटवार्ता गर्नुभएको थियो । उहाँले शनिबार विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *