काठमाडौं। आज नेपाली बजारमा सुनको मुल्य प्रतितोला २०० रुपैँयाले घटेको छ भने चाँदी १५ रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी महासंघको अनुसार शुक्रबार प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको छापाबाल सुन आज आइतबार प्रतितोला ९३ हजार ६०० मा कारोबार हुने भएको छ । यस्तै, आघिल्लो दिन प्रतितोला ९३ हजार ३०० रुपैँयामा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९३ हजार १०० रुपैँयामा कारोबार हुनेछ ।
महासंघको अनुसार आज चाँदीको मुल्य प्रतितोला १५ रुपैँयाले बढि एक अजार १६० मा कारोबार हुने भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार १४५ मा कारोबार भएको थियो ।