विराटनगर। प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेशमा बढ्दो कोभिड–१९ को रोकथाम एवं उपचारका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्था राखिएको बताउनुभएको छ ।
जिल्ला कारागारमा रहेका ५४ कैदीबन्दीमा कोभिड–१९ पोजेटिभ देखिपछि मन्त्री यादवसहित प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मन्त्रालयका सचिव डा अनुज भट्टचन, कोसी अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट यज्ञराज खरेल लगायतले आज कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रको निरीक्षणका तथा अवलोकनका क्रममा उहाँले सरकार जनताको स्वास्थ्य सुरक्षाप्रति चिन्तित रहेकाले कोभिड उपचारमा कुनै किसिमको कमि हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कारागारमा रहेका सङ्क्रमित कैदीबन्दीमध्ये १९ जनालाई उपचारका लागि केन्द्रमा राखिएको र अन्यलाई आज ल्याउने जानकारी दिइयो । निजहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कारागारका रहेका बन्दीमा ज्वरो तथा स्वाशप्रश्वासमा समस्या देखिएमा पिसिआर परीक्षण गर्ने कारागारका निमित्त प्रमुख तुलसुीराम भगतले बताउनुभयो ।