काठमाडौं । बाजुरामा सोमवार विहानै भूकम्प गएको छ । बिहान साढे ४ बजे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प ४ दशमलव १ म्यागेन्च्युटको रहेको केन्द्रले जनाएको छ ।