भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै

काठमाडौं। भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । राष्ट्रपति पदका लागि सत्तारुढ भाजपाको तर्फबाट द्रौपदी मुर्मु र विपक्षीको तर्फबाट यशवन्त सिन्हा उम्मेदवार छन्।

आज बिहान १० बजदेखि साँझ ५ बजेसम्म संसद भवन र राज्य विधानसभामा मतदान हुने समाचारमा जनाइएको छ । मतगणना भने २१ जुलाईमा हुने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । २५ जुलाईमा नयाँ राष्ट्रपतिको शपथ ग्रहण हुनेछ । दैनिक भास्करका अनुसार भाजपाको भोट भ्यालू ६१ प्रतिशत रहेको छ । अर्थात ६.६७ लाख भोट भ्यालू भाजपाको पक्षमा रहेको छ । उता विपक्षीको भोट भ्यालू अहिले खुम्चिएर ४ लाख १९ हजारमा सीमित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us