काठमाडौं। प्रहरीले कास्कीमा जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पर्वत कुश्मा नगरपालिका-६ घर भई पोखरा महानगरपालिका-१३ बस्ने २४ वर्षीय खिमबहादुर विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले उनलाई शनिबार घटनास्थलबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार विकले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ। विकले बालिकालाई ललाई/फकाई गरी शुक्रबार लब्लीडाँडामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। जिल्ला अदालत कास्कीबाट थप अनुसन्धान भइरहेको छ।