नेप्से १८ अंकले बढ्यो

काठमाडौं। आज सोमबार सेयर बजारको परिसूचक नेप्से १८ अंकले बढेको छ । कारोबार भएका विगत ६ दिनदेखि सेयर बजार लगातार बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २०२९ अंकमा कायम भएको छ । यसअघि आइतबार १.९, शुक्रबार ७.९, बिहीबार १४.७, बुधबार ५९.५४ र मंगलबार ११.६८ अंकले बढेको थियो । ६ दिनमा समग्र नेप्से परिसूचक ११३ अंकले बढेको छ ।

सोमबार कुल १ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो । सबैजसो उपसमूह बढेका छन् । बैंकिङ २, विकास बैंक ३२, फाइनान्स २२, होटल तथा पर्यटन १२९, जलविद्युत २६, जीवन बीमा ११७, उत्पादन ३७, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा १०८ र अन्य उपसमूह ३० अंक बढे । कुल १४३ कम्पनीको मूल्य बढ्यो भने २७ को घट्यो । ९ कम्पनीको स्थिर रह्यो । बरुण हाइड्रोपावर र इमर्जिङ नेपालको मूल्य करिब १० प्रतिशत बढ्यो । चन्द्रागिरि हिल्सको ६ र अपी पावरको मूल्य ५ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एसियन लाइफ इन्स्योरेन्स, अपी पावर, माथिल्लो तामाकोसी र गोर्खा फाइनान्स क्रमशस् अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *