काठमाडौं। नेपालमा आज एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ४ हजार ६५१ जनाको नमूना परीक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। थप ४५७ जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ। २४ घण्टाको अवधिमा ४८ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार २ हजार ३४१ जनाको पीसीआर परीक्षण गर्दा ३८६ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, २ हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ।