भारी वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा उच्च सतर्कता अपनाउन अपिल

काठमाडौं। सुदूरपश्चिम प्रदेशका केही जिल्लामा भारी वर्षा भएको र जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार कैलाली, कञ्चनपुर र डोटी आसपास मंगलवार थप वर्षा हुने देखिएकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

ुपछिल्लो ३ घण्टा कैलाली, कञ्चनपुर, डोटी र आसपास धेरै स्थानमा भारी वर्षा मापन भएको र थप हुने देखिएको, उक्त जिल्ला भई बहने साना नदीहरूमा बहाव बढ्ने, केहीमा आकस्मिक बहावसमेत हुन सक्ने, साना नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ,ु महाशाखाले सूचना जारी गर्दै भनेको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *