काठमाडौं महानगरद्वारा ३ वटा दमकल खरिद

काठमाडौं। काठमाडौं महानगरले थप ३ वटा दमकल खरिद गरेको छ। पुर्वमेयर विद्यासुन्दर शाक्यको पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकल महानगरमा आइपुगेको मेयर बालेन्द्र शाहले जानकारी दिनुभयो।

‘महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ।’ उहाँले भन्नुभयो,‘सोही अनुरुप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरु महानगरमा आइपुगेका छन्। दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ।’

आफ्नै संरचनागत खराबीले गर्दा काठमाडौं आगलागीको जोखिम उच्च र नियन्त्रणमा सिमितता भएकाले सचेत र होसियार हुनुपर्ने उहाँको तर्क छ। ‘सकेसम्म अग्नीदुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प हो। आगोको विषयमा कहिलै पनि हेलचेक्राइँ नगरौँ। सावधान रहौँ र, आफ्नो घर तथा कार्यालयमा उचित पुर्वतयारी गरौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *