कांग्रेसले देशव्यापी रुपमा विशेष अभियान चलाउने

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले देशव्यापी रुपमा भदौमा विशेष अभियान चलाउने भएको छ । पार्टीको सोमबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले यो निर्णय गरेको हो ।

कांग्रेसको चुनाव लक्षित अभियान आगामी भदौ २ देखि २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ । साथै बैठकले आसन्न संघ र प्रदेश सभा चुनावमा सत्तासाझेदार दलहरुसँग गठबन्धन गर्ने पनि निर्णय गरेको छ ।

अवधि सकिएर गठन हुन नसकेका संघहरुलाई साउनभित्र गठन गर्ने र पुर्णता दिने कांग्रेसले निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us