घट्यो सुन र चाँदीको भाउ

काठमाडौं। मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो। यो सँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी तोलाको ११६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us