काठमाडौं। नेपाली मुद्रा अमेरिकी डलरसँगको तुलनामा इतिहासमै कमजोर अवस्थामा पुगेको छ। नेपाल राष्ट्र ब्यांकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार, एक डलर सटही गर्न १२८ रुपैयाँ २६ पैसा तिर्नुपर्छ।
पछिल्ला महीनाहरूमा भारु डलरको तुलनामा लगातार अवमूल्यन भइरहेको छ। १ डलर किन्न लगभग ८० भारु तिर्नुपर्ने भएको छ। भारतीय रिजर्ब ब्यांकले भारुको अवमूल्यन रोक्न अन्तरदेशीय व्यापारमा भारुको प्रयोग सहित विभिन्न प्रयास गरे पनि सफल हुन सकेको छैन।भारतीय रुपैयाँ (भारु) अमेरिकी डलरसँग लगातार अवमूल्यन हुँदै गएको परिणाम नेपाली मुद्रामा पनि देखिएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर रु.१ भारु बराबर १.६ नेरु छ। जस कारण, भारु अवमूल्यन हुने बित्तिकै नेरुको मूल्य पनि घट्छ।