संसद् बैठकको प्रत्यक्ष प्रसारण अब एचडी क्वालिटीमा

काठमाडौँ। संघीय संसद् सचिवालयले संसद् बैठकको प्रत्यक्ष प्रसारण ‘एचडी क्वालिटी’मा गर्ने तयारी गरेको छ। बैठकको प्रत्यक्ष प्रसारणको भिडियो र अडियोको गुणस्तरलाई लिएर गुनासो बढेपछि सचिवालयले ‘एचडी’ बनाउने तयारी गरेको हो।

मंगलवार ललितपुरमा भएको एक कार्यक्रममा सचिवालयका महासचिव भरतराज गौतम (शर्मा) ले आगामी संसद् बैठकमा प्रत्यक्ष प्रसारणको गुणस्तर सुधारिने बताउनुभयो । आगामी संसद् बैठक एचडीमा गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । संसद् बैठक अहिले पुरानो एनालग प्रणालीबाट प्रसारण भइरहेको छ ।

सीआईएनले गरेको संसदीय रिपोर्टिङ, अभ्यास र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा पत्रकारहरूले संसद्को भिडियो र अडियोको गुणस्तर कम भएको विषयमा गुनासो गरेका थिए। साथै रिपोर्टिङका क्रममा पनि विभिन्न किसिमका झमेलाहरू व्यहोर्नुपरेको उनीहरूले बताएका थिए। समयमै सूचना उपलब्ध गराउन र रिपोर्टिङका क्रममा भोग्नु परेका समस्यालाई निराकरण तत्पर रहेको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us