काठमाडौं । पोखरा विश्वविद्यालय क्रिकेट क्लबले अभिषेक यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बसेको बैठकबाट अध्यक्षमा यादवलाई चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा विज्ञान कार्की, श्रद्धा बञ्जारा, सचिवमा जगदिश भण्डारी, सह-सचिवमा सन्देश श्रेष्ठ, सदस्यहरुमा लोकेन्द्र चन्द, दीपेन्द्र शर्मा, सुबाश बास्तोला र तृष्णा देवकोटा रहेका छन् ।
त्यस्तै वुमन्स कोर्डिनेटरमा दीपा तिवारी, एड्भाइजरी कमिटीमा प्रशान्त भुसाल, विकल बराल, भुपेन्द्र भट्ट, सन्देश रेग्मीलाई चयन गरिएको पोखरा विश्वविद्यालय क्रिकेट क्लबका निवर्तमान अध्यक्ष भुपेन्द्र भट्टले जानकारी दिए।
पोखरा विश्विद्यालयको क्रिकेट क्लबलाई आफ्नो कार्यकालमा थप उचाइ दिने र क्रिकेटलाई विश्वविद्यालयमा प्रोत्साहन गर्न थप लगनशीलता साथ लाग्ने प्रतिबद्धता र आउने दिनमा नयाँ कार्यक्रम र वार्षिक क्यालेन्डरसहित पोखरा विश्वविद्यालयमा क्रिकेटलाई उजागर गर्ने नवनिर्वाचित अध्यक्ष यादवले बताए ।