काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। सिंहदरबार स्थित माओवादीको संसदीय दलको कार्यालयमा भएको भेटमा दुई शीर्ष नेताबीच समाजवादी केन्द्र गठनबारे छलफल भएको स्रोतले जनाएको छ।
भेटमा दाहालको भारत भ्रमण, आगामी निर्वाचन र समसामयिक विषयमा छलफल भएको डा भट्टराईको सचिवालयले जनाएको छ । लगत्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम लगायतसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।