४१ लाख रकम सहित एक भारतीय नागरिक पक्राउ

काठमाडौं। स्रोत नखुलेको ४१ लाख रकम सहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन्। भारतको बिहार पूर्वी चम्पारण थाना रक्सौल घर भएका २५ वर्षीय राकेश कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले मोटरसाइकलको सिटमुनि तथा ट्याङ्कीमा रकम लुकाएर ल्याएका थिए। बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १६ र जतजयन्ती चोकस्थित सडक खण्डमा भारतको रक्सौलबाट वीरगंजतर्फ मोटरसाइकलमा आइरहेका राकेशलाई रोकेर चेक गर्दा स्रोत नखुलेको ४१ लाख रुपैयाँ फेला परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us