एआईजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी

काठमाडौं । नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको छ । 

सिफारिस वरिष्ठता र कार्यक्षमताका आधारमा नभई राजनीतिक भागबन्डाको आधारमा भएको भन्दै असन्तुष्ट बनेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू लोकसेवा आयोग पुगेका छन् ।

नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सो सिफारिसप्रति असन्तुष्ट रहेका डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश अर्यालले सिफारिस विरुद्ध आइतबार लोकसेवा आयोगमा उजुरी दिनुभएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us