नेप्से ४.८९ अंक बढेर २०५० अंक पुग्यो

काठमाडौं। बुधबार सेयर बजारको परिसूचक नेप्से ४.८९ अंक बढेर २०५० अंकमा पुगेको छ । नेप्से गत मंगलबार (८ दिन) देखि बढिरहेको छ । बुधबार कुल १ अर्ब ७३ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन २ अर्ब २९ करोडको कारोबार भएको थियो ।

बैंकिङ ०.६, होटल तथा पर्यटन ९, जलविद्युत् १२, जीवन बीमा २८ र ब्यापार उपसमूह १२ अंक घटे । अन्य १७, निर्जीवन बीमा ५६, माइक्रोफाइनान्स ८, उत्पादन ६३, फाइनान्स ३१ र विकास बैंक उपसमूह ५ अंक बढे । कुल ८६ कम्पनीको मूल्य बढ्दा ८७ को घट्यो भने ६ को स्थिर रह्यो । मल्टिपर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ५.६ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, आईसीएफसी फाइनान्स, गोर्खा फाइनान्स र नेपाल पुनर्बीमा कम्पनी क्रमशस् अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us