राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुवुदु दसानायकेद्वारा पदबाट राजीनामा

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुवुदु दसानायकेले पदबाट राजीनामा दिनुभएको छ । बुधबार पत्रकार सम्मेलनगरी दसानायकेले प्रशिक्षकबाट राजीनामाको घोषणा गर्नुभएको हो । पुवुदुले नेपाली टोलीको प्रशिक्षकका लागि गत मंसिरमा मात्र दुई बर्षे कार्यकालका लागि सम्झौता गर्नुभएको थियो ।

पुवुदुको पछिल्लो प्रशिक्षणमा नेपाली क्रिकेट टोलीले खराव प्रदर्शन गरेपछि उहाँको आलोचना भईरहेको थियो । तर पत्रकार सम्मेलनमा उहाँले ब्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताउनुभएको छ । पुवुदुले एक हाप्ताअघि नै नेपाल क्रिकेट संघ (क्यान) लाई इमेल मार्फत राजीनामा बुझाएको जानकारी समेत दिनुभयो ।

श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुवुदुले राजीनामाको विषयलाई आफ्नो जीवनकै कठिन निर्णय भएको पनि बताउनुभएको छ । ‘यो निर्णय गर्न मलाई साह्रै कठिन रह्यो । मैले व्यक्तिगत कारणले राजीनामा दिएको हो । बेलैमा निर्णय नगर्दा पछि पछुताउनुपर्छ भन्ने लाग्यो,’ पुवुदुले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us