सुदूरपश्चिम र प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। आज बिहान प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ र देशभर बदली रहेको छ । दिउँसो पहाडी भूभागका धेरै स्थानमा र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम र प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार शुक्रबार पनि पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षा हुनसक्छ । सोही राति गण्डकी, बागमती र प्रदेश १ मा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us