बालिका जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रकाउ

काठमाडौं। चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका(२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाल छन् ।

भुसाललाई गएराति संगमचोकबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । भुसालले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us