बिहीवार नेप्से परिसूचक ५.८७ अंक घटेर २०४४.७२ बिन्दुमा झर्यो

काठमाडौं। बिहीवार नेप्से परिसूचक ५.८७ अंक घटेर २०४४.७२ बिन्दुमा झरेको छ। पछिल्लो एक साता निरन्तर रुपमा वृद्धि भएको नेप्से परिसूचक बिहीवार सामान्य अंकले गिरावट आएको हो।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ इण्डेक्स ०.५० अंकले गिरावट आएको छ। बिहीवार कारोबारमा आएका २२५ कम्पनीको ३९ लाख ८ हजार कित्ता सेयर १ अर्ब ६४ करोड २६ लाख ४८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधवारको तुलनामा कारोबार रकम पनि गिरावट आएको छ। बुधवार १ अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

बिहीवार नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। जसमा अन्य उपसमूहको परिसूचक १.०९ प्रतिशत बढेको छ भने बैंकिङ उपसमूहको ०.१७ प्रतिशत बढेको छ। यता, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी गिरावट आएको छ।

बिहीवार नेप्सेमा गिरावट आएपनि सेन्ट्रल फाइनान्सको सेयरमूल्य ३.१६ प्रतिशत बढेको छ। त्यस्तै,जनउत्थान सामुदायिक लघुवित्त, नेशनल माइक्रोफाइनान्स र गुराँस लघुवित्तको सेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ। यता, किसान लघुवित्तको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। बिहीवार कारोबारमा आएको शिवम् सिमेन्ट्स कम्पनीको १७ करोड ८० लाख १ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us