मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्दैछ । त्यसअघि आज बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले शुक्रबार बिहान सञ्चालक समितिको बैठक डाकिएको बताउनुभयो । शुक्रबार नै मौद्रिक नीति आउने सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभएको छ । 

गभर्नर अधिकारीले बिहीबार अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरिसक्नुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us