प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज दुईवटा विधेयक निर्णयार्थ पेश गरिने सम्भावित कार्यसूची छ । 

आज निर्णयार्थ पेश गरिने विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक–२०७६ र नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ रहेको छ । 

गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् । 

आजको बैठकमा नै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us