आज वीपी कोइरालाको ४० औं स्मृति दिवस

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको ४० औं स्मृति दिवस देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदैछ ।

कांग्रेस नेता तथा साहित्यकार कोइरालाको स्मृति दिवसका क्रममा हरिसिद्धी र काठमाडौंमामा आज बिहान बृक्षारोपण गरिएको छ ।  नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

कोइरालाको जन्म विक्रम संबत १९७१ साल भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिनुभएको थियो । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

उहाँका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी ६ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ पनि प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us