प्रेस युनियनको राष्ट्रिय महाधिवेशनमा संस्थापन पक्ष र संस्थापन ईत्तर पक्षबीच कडा प्रतिस्पर्धा हुने

हेटौडा । नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेसनमा संस्थापन पक्ष र संस्थापन ईत्तर पक्षबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गर्ने सो महाधिवेसनमा दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा उत्रे पछि कडा प्रतिस्पर्धा हुन लागेको हो ।

झन्डै ८ बर्ष पछि हुन लागेको महाधिवेसनमा भाग लिनका लागि प्रतिनिधिहरु हेटौडा आईपुगेका छन् । १ हजार ६ सय ३० प्रतिनिधिले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन्।

नेपाली कांग्रेसको शुभेच्छक संस्था प्रेस युनियनको भावी नेतृत्वका लागि संस्थापन पक्षबाट सभापतिमा अनिता बिन्दु र संस्थापन ईत्तर पक्षबाट शिव लम्सालले आ–आफनो दावेदारी प्रस्तुत गर्नूभएको छ । 

शुक्रवार प्रधानमन्त्रीले महाधिवेसनको उदघाटन गरेपछि शुक्रवारबाटै निर्वाचनको प्रक्रिया पनि सुरु हुने कोषाध्यक्षका उम्मेदवार माधव धितालले जानकारी दिनुभयो । शनिवार मतदान हुने र शनिवार नै मत परिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको उहाँले बताउनुभयो । 

सो महाधिवेसनमा संस्थापन पक्षवाट बरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र र संस्थापन इत्तर समुहबाट प्रेम केसीले उम्मेदवारी घोषणा गर्नुभएको छ । खुल्ला उपाध्यक्षका लागि भिष्मराज ओझा र शेखर रेग्मीले चुनावी मैदानमा उत्रने घोषणा गर्नुभएको छ । 

उता, संस्थापन पक्षवाट महिला उपाध्यक्षमा कल्पना शर्मा र ईत्तर समुहवाट सलोजा दाहालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । महासचिवमा संस्थापन पक्षबाट जगन्नाथ दुलाल  र इत्तर समुहबाट दिलिप पौडेलबीच तीव्र प्रतिस्पर्धा हुने युनियन आवद्ध पत्रकारले जनाएका छन ।

संस्थापन पक्षका उपमहासचिवका उम्मेदवार केशव साउँद र इत्तर समुहवाट बिष्णु क्षेत्री रहनुभएको छ । कोषाध्यक्षमा संस्थापन पक्षबाट माधव धिताल र संस्थापन ईत्तरबाट रमेश वाग्ले प्रतिस्पर्धामा हुनुहुन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us