आज कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवस

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवस आज मनाइदैछ।  कम्युनिस्ट पार्टीका जन्मदाता श्रेष्ठको स्मृतिमा कम्युनिस्ट पार्टीले आज विभिन्‍न कार्यक्रम आयोजना गरेका छन्। 

१९८१ असार १५ गते रामेछापको भंगेरीमा मध्यमवर्गीय परिवारमा जन्मिएका पुष्पलाल नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित हुनुहुन्छ । 

दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। उहाँले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० गते नेकपा स्थापना गर्नुभएको थियो ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बस्नुभएको थियो ।  पुष्पलालको निधन मुटुरोगका कारण २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा भएको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *