पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध

काठमाडौं । पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चिवनका अनुसार शुक्रबार राति भएको वर्षापछि इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोला भन्ने स्थानमा ढुङ्गा र माटोसहितको पहिरो आएर सडक दुईतर्फी नै अवरूद्ध भएको हो। 

पहिरोका कारण सडक अवरुद्ध हुँदा नारायणगढबाट काठमाडौं तथा पोखरा आउने र काठमाडौं तथा पोखराबाट नारायणगढ जाने सवारीहरु बीच बाटोमै रोकिएका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक डीएसपी रविन विष्टले अहिले सडक खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *