आज थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३३५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ८८ पीसीआर र १ हजार ९०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे ।

गत २४ घण्टामा ८६ जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ३९४ पुगेको छ।

उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएकाे छ। देशभर हाल २ हजार ९७१ जना सक्रिय संक्रमित रहेका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *