उपभोक्ताहरुलाई ठगिन नदिने गरी सूचना दिने व्यवस्था मिलाउन नेता सिंहको आग्रह

काठमाडाैं । नेपाली काँग्रेसका नेता एवम् पूर्वउप्रधानमन्त्री प्रकाशमान सिंहले आम उपभोक्ताहरुको अहित हुने खालका कुनै पनि गतिविधि हुन नदिन सम्बन्धित सबै पक्षलाई आग्रह गर्नु भएको छ ।

नेपाल उपभोक्ता संरक्षण महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संविधानमा उपभोक्ताको अधिकारबारे मौलिक हकमै व्यवस्था गरेको उल्लेख गर्दै उनीहरुको अहित हुने कुनै पनि काम हुन नदिन सम्बन्धित पक्षहरु सचेत हुनुपर्ने बताउनुभएकाे हाे ।

नेता सिंहले संविधानले व्यवस्था गरेको आम उपभोक्ताको अधिकारबारे जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

नेता सिंहले भन्नुभयो, ‘संविधानको भावना र मर्म अनुसार आम उपभोक्ताहरुलाई संरक्षण दिनुपर्ने अधिकारहरु के–के आएका छन ? भन्ने कुरा पहिले जानकारी राख्नु पर्दोरहेछ । अब इन्फरमेशननै भएन भने गाह्रो हुन्छ । यो महासंघको माध्यमबाट उपभोक्ताहरुलाई आफ्नो अधिकारको बारेमा जानकारी गराउनु पर्दछ । हष्पिटलमा होस कि रेष्टुरेन्टहरुमा होस । सपिङ मलहरुमा होस कि अन्य ठाउँहरुमा । उपभोक्ताको अहित हुने काम गर्न नदिन उपभोक्ता अधिकार संघ सम्बन्धित संस्थासंस्थाहरुले ध्यान दिनु पर्दछ ।’ नेता सिंहले उपभोक्ताहरुलाई ठगिन नदिने गरी सूचना दिने व्यवस्था पनि मिलाउनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *