एजेन्सी । फ्रान्स पहिलो पटक महिला युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १९० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल प्रवेश गरेको हो ।
इभ पेरिसेटले खेलको १०२औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरिन । फ्रान्सकी दिआनीलाई नेदरल्यान्डकि डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछी रेफ्रीले पेनाल्टी दिएकी थियो ।
खेलमा नेदरल्यान्डले केही अवसर बनाएपनि फ्रान्स गोलरक्षकले बिफल पारेकी थिइन् । यो संगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ । अब, फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्नेछ । अर्को सेमिफाइनलमा स्विडेन र इंग्ल्यान्ड भिड्ने पक्का छ ।