काठमाडौं । सुनको मूल्य आइतवार प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतवार ९४ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । तेजावी सुनको मूल्य आइतवार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रवार तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतवार चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार चाँदीको मूल्य प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।