एमालेभित्र पनि अवसरवादी प्रवृत्ति मौलायो: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले प्रदेश सरकारको नेतृत्व गर्न नपाउँदा कर्णाली अझै विकासमा पछि परेको बताउनुभएको छ । 

आतबार बिहान सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले एमालेको कर्णाली प्रदेश सरकार बनाएको भए रूपरंग फेरिने दाबी गर्नुभयो । 

कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिन नपाएकाले कर्णालीका जनताले संघीयताको फाइदा लिन नसकेको उहाँको भनाइ थियो ।  कार्यक्रममा पोखरेलले कर्णाली पछाडी पर्नुमा एमाले जिम्मेवार नभएको प्रष्ट पर्नुभयो । तर पनि अबका दिनमा एमालेले नेतृत्व लिएर कर्णालीको समृद्धिको लागि अघि बढ्ने गरी लाग्न नेता तथा कार्यकर्ताहरुलाई उहाँले आग्रह गर्नुभयो । 

एमालेभित्र पनि अवसरवादी प्रवृत्ति मौलाएको बताउदै उहाँले एमालेको बलियो किल्लाका रूपमा कर्णालीलाई स्थापित गर्न आग्रह गर्नुभयो ।  एमालेका नेता कार्यकर्ताको बानी र आचरण कम्युनिष्टको मर्मविपरित हुँदै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । 

टिकट नपाएपछि घरमै बसिदिने, प्रचारप्रसारमा साथ नदिने र टिकट पाएको उम्मेदवारलाई हराउन लाग्ने जस्ता प्रवृत्ति एमालेमा मौलाएको उहाँले बताउनुभयो ।  स्थानीय चुनावमा कांग्रेसले गठबन्धन गरेर केही धेरै सिट जिते पनि एकल हिसावमा एमालेकै धेरै मत आएको उहाँको दाबी थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us