महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने

काठमाडौं। पोखरा महानगरको आयोजनामा साउन १३ र १४ गते नेपालका महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने भएको छ । महानगर सन्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यको भनाइ छ ।

उहाँका अनुसार गाउँपालिका र नगरपालिकाका समस्या सुनाउनका लागि आफ्नै संरचना भएपनि महानगरको छुट्टै संरचना नभएका कारण भेलाले साझा समस्या खोजेर समाधानका लागि सम्बन्धित निकायमा सुझाव दिने तयारी गरेको छ।

महानगरका धेरै चुनौति रहेको र त्यसको समाधानका लागि सामुहिक पहल गरिने बताउँदै उहाँले भन्नुभयो, ‘धेरै चुनौति छन् । ति चुनौती पार लाउन आपसी भेटघाट र छलफल हुनुपर्छ,‘एउटा प्रक्रियाको सुरुवात मात्रै हो । यसपछि निरन्तर बैठक हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us