भक्तपुरमा रुख ढल्दा तीनजनाको मृत्यु

भक्तपुर। भक्तपुरको सल्लाघारीस्थित ग्रिनल्याण्ड होटलको गेट अगाडि रुख ढल्दा बस र स्कुटरमा सवार तीनजनाको मृत्यु भएको छ । मृत्यु भएका तीनमध्ये एक जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन नसकेको प्रजिअ शर्माले जानकारी दिइन्। मृतक नितेश खर्वुजाको सनाखत भएको हो।

ठिमीबाट दुधपाटीतर्फ आउँदै गरेको बा २ ख ३५८४ नं को यात्रु बाहक बस र भक्तपुर दुधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नं का स्कुटरलाई रुखले किचेको प्रहरीले जनाएको छ । घटनामा अन्य १२ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। घाइतेहरुको युवामोरा अस्पताल , भक्तपुर अन्तरास्ट्रिय अस्पताल ,र मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us