निर्वाचन प्रणालीको परिमार्जन गर्नुपर्छ: पुष्पकमल दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको निर्वाचन प्रणालीलाई परिमार्जन गर्नुपर्ने बताउनुभएको छ । 

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजाने बताउनुभयो । अहिले पैसा खर्च नगरी चुनाव जित्ने अवस्था नरहेकाले क्रान्तिकारी तथा श्रमजीवी वर्गलाई चुनाव जित्न कठिन रहेको उहाँको भनाइ थियो । 

गाउँपालिकाको अध्यक्षमा चुनाव जित्नका लागि १० करोड रुपैयाँसम्म खर्च भएको सूचना आफूले पाएको पनि अध्यक्ष दाहालले बताउनुभयो । यो अवस्था रहेसम्म देशको अवस्था सुधार नहुने उहाँको को भनाइ छ । 

अध्यक्ष दाहालले विद्यमान शासन प्रणाली पनि देश र जनताको अनुकूल नरहेको बताएउनुभयो,अहिलेको शासन प्रणालीमा सांसद नभई मन्त्री, प्रधानमन्त्री हुन पाइँदैन, त्यसैले करोडौँ खर्च गरेर सांसद हुन खोज्छन् । पैसा खर्च गरेर मन्त्री, प्रधानमन्त्री भएपछि आफूले गरेको लगानी असुल्न खोज्छन् । अनि भ्रष्टाचार हुन्छ ।’

यी विषयमा आफूहरूले संविधानमै ‘नोट अफ डिसेन्ट’ लेखेको जिकिर गर्दै उहाँले यही व्यवस्थामा रहेर यसलाई सुधार्न आफूहरूले भूमिका निर्वाह गर्नुपर्ने प्रस्ट पार्नुभयो । यसका लागि विचार र मुद्दा मिल्नेहरूको बीचमा सहकार्य गरेर वैकल्पिक गठबन्धनको पहल गरेको उहाँले जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *